बस, माइक्रो र टेम्पोमा हट्यो जोर–बिजोर प्रणाली


१४ माघ २०७८, शुक्रबार
luckdown in transport 6 scaled

काठमाडौँ । काठमाडौं उपत्यकामा सार्वजनिक यातायातमा जोर–बिजोर प्रणालीलाई हटाएको छ। सार्वजनिक बस, माइक्रो बस र टेम्पोमा जोरबिजोर प्रणाली हटाएको हो ।

शुक्रबार काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो। शुक्रबार राति १२ बजेदेखि नै यो आदेश लागु हुनेछ।

यातायातका साधन (बस, माइक्रो बस र टेम्पो) मा लगाइएको जोर बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । तर, निजी सवारी साधन (कार, मोटरसाइकल, स्कुटरलगायत) र सार्वजनिक ट्याक्सीमा भने जोरबिजोर प्रणाली यथावत् रहनेछ । ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले निजी सवारी तथा ट्यांक्सीको हकमा यसअघि कायम गरिएको जोरबिजोर प्रणालीलाई यथावत् राखिएको बताए ।

शुक्रबार नै बसेको कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसी) को बैठकले पनि सार्वजनिक यातायातमा जोर(बिजोर प्रणाली हटाउन सिफारिस गरेको थियो।

सार्वजनिक सवारीमा भिड बढ्दा झनै जोखिम बढेको भन्दै आलोचना भएपछि जोरबिजोर प्रणाली हटाइएको हो ।

सीसीएमसीसीले विद्यालय र विश्वविद्यालय भने माघ मसान्तसम्म भौतिक रुपमा सञ्चालन गर्न नपाउने तर भर्चुअल माध्यामबाट सञ्चालन गर्न सिफारिस गरेको छ ।

यसैवीच कोरोना संक्रमण कायमै रहेकाले डान्सबार, स्वीमिङ पुल, क्लब, धार्मिक क्षेत्र, फुटसल लगायतका क्षेत्र आगामी माघ मसान्तसम्म बन्द गर्न सिफारिस गरिएको छ ।


बुधबार बसेको सीसीएमसीसीको बैठकले यी क्षेत्र माघ मसान्तसम्मै बन्द गर्न सिफारिस भएको सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७