राष्ट्र बैंकले साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने


१४ माघ २०७८, शुक्रबार

काठमाडौं, १४ माघ । नेपाल राष्ट्र बैंकले झण्डै साढे १० करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले आफ्नो विभिन्न कोषमा रहेको १० करोड ४८ लाख रुपैयाँ एक वर्षका लागि निक्षेपको रुपमा बैंक तथा वित्तीय संस्थाहरुमा राख्न चाहेको हो ।
शुक्रबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले इजाजतपत्र प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई उल्लेखित निक्षेपका लागि दरखास्त हाल्न आह्वान गरेको छ ।

सूचना अनुसार बैंकले ब्याजमा लगानी गर्ने कुल १० करोड ४८ लाख मध्ये ८ करोड ३९ लाख रुपैयाँ वाणिज्य बैंकहरुले पाउनेछन् भने १ करोड ५७ लाख रुपैयाँ विकास बैंक र ५२ लाख रुपैयाँ वित्त कम्पनीहरुले पाउने छन् ।

उक्त निक्षेप २०७८ फागुन २ गतेदेखि आगामी वर्ष २०७९ फागुन १ गतेसम्म बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिने राष्ट्र बैंकले जनाएको छ । तर, यस निक्षेपका लागि इच्छुक बैंक तथा वित्त कम्पनीले तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको हुनुपर्ने र निष्क्रिय कर्जा ५ प्रतिशत भन्दा कम भएको हुनुपर्ने सर्त राखेको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७