सार्वजनिक यातायातमा आजदेखि जोर-विजोर प्रणाली हट्यो, ट्याक्सी र निजी सवारीमा कायमै


१५ माघ २०७८, शनिबार
bus

काठमाडौ । काठमाडौं उपत्यकामा सार्वजनिक सवारीसाधनमा आज (शनिबार) देखि जोर-विजोर प्रणाली हटेको छ । उपत्यकाका तीन वटै जिल्लाका सिडिओहरुको संयुक्त बैठकले बस, माइक्रोबस र टेम्पोहरुमा जोर बिजोर प्रणाली हटाउने निणर्य गरेको हो ।

यसअघि कोभिड संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले सार्वजनिक यातायातमा जोरविजोर प्रणाली हटाउन सरकारलाई सिफारिस गरेको थियो ।

बैठकले ट्याक्सी र निजी सवारी साधनमा भने जोर बिजोर प्रणाली कायमै राखेको छ । नेपालमा कोरोना संक्रमणको जोखिम बढेपछि सरकारले काठमाडौं उपत्यकामा जोर विजोर प्रणाली लागू गरेको थियो । जोर विजोरले सार्वजनिक सवारी साधनमा झन् भीडभाड भएपछि त्यसको व्यापक विरोध भएको थियो ।
हेर्नुस् सूचना

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७