एक किशोरलाई ट्वीटर एकाउन्ट बन्द गर्न एलन मस्कले गरे ५० हजार डलरको अफर


१५ माघ २०७८, शनिबार
elon musk wants to build a new university1635606003

न्यूयोर्क । विश्वको सबैभन्दा धनी पुरुष तथा टेस्ला कम्पनीका मालिक एलन मस्कले ‘एलोन मस्कस जेट’ नामक ट्वीटर एकाउन्ट खोल्ने एक किशोरलाई सो एकाउन्ट बन्द गरे बापत पाँच हजार अमेरिकी डलर दिने प्रस्ताव अघि सारेको न्युज आउटलेट प्रोटोकलले जनाएको छ ।

सो एकाउन्टले मस्कको प्राइभेट जेटको लोकेसन पछ्याउन पब्लिक डाटा प्रयोग गर्ने गरेको छ । यस एकाउन्टका १९ वर्षीय मालिक ज्याक स्विनीले एलोन मस्कलाई ५० हजार पाएको खण्डमा एकाउन्ट बन्द गर्ने जवाफ दिएका थिए । तर, यसबारे मस्कले थप बोलेको छैनन् ।
यो नाममा ट्वीटर एकाउन्ट खोलेका स्विनीलाई उनको एकाउन्टले सार्वजनिक रूपमा उपलब्ध एयर ट्राफिक डाटामोनिटर गर्ने बोट्स प्रयोग गरी आफ्नो जेट विमानको सम्पूणर् गतिविधि हेर्न सकिने र यसबाट सुरक्षामा खतरा हुनसक्ने भएकाले त्यो एकाउन्ट अफलाइन गर्न अनुरोध गरेका थिए ।

स्विनीले मस्कलाई यसरी जवाफ फकार्एका थिए, ‘म यो एकाउन्ट बन्द गर्न तयार छु । तर यसको महङ्गै मूल्य चुकाउनुपर्नेछ । यसबाट कलेज पढ्नलाई आवश्यक पैसा पुग्ने नै छ, साथै तपाईंले सम्भवत एउटा मोडल-३ कार नै दिनुपर्ने हुन्छ ।’

तर, त्यसको जवाफमा मस्कले आफूलाई कसैको पागलपनको शिकार हुने रहर नभएको बताएका थिए । त्यसपछि स्विनीले ५० हजार डलरमा कुरा सकाउँदा कसो होला भनेको सुनेर मस्कले त्यसबारे सोचुँला भनेका थिए । तर, त्यसपछि मस्कले अझैसम्म कुनै जवाफ नदिएको प्रोटोकलले जनाएको छ । बिजनेस इन्साइडरबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७