भेरोसेल लगाएकालाई बुस्टरका रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने तयारी


१५ माघ २०७८, शनिबार
korona khop
फाइल फोटो

काठमाडौं । सरकारले कोरोनाविरुद्ध भेरोसेल खोप लगाएका नेपालीलाई बुस्टर मात्राका रुपमा कोभिशिल्ड खोप दिने तयारी गरेको छ ।
स्वास्थ्य मन्त्रालयले ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर मात्राका रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने तयारी गरेको हो ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले भेरोसेलको दुवै मात्रा पूरा गरेका ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टर मात्राका रुपमा कोभिशिल्ड वा अस्ट्राजेनेका खोप दिने तयारी भएको जानकारी दिएका छन् ।

कोरोनाविरुद्ध कोभिशिल्ड, अस्ट्राजेनेका, मोडर्ना, फाइजर र भेरोसेल खोप लगाएका सबै ६० वर्षमाथिका ज्येष्ठ नागरिकलाई बुस्टरमा कोभिशिल्ड दिइने स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ । स्वास्थ्य मन्त्रालयले पहिलो मात्रा खोप लगाएकालाई दोस्रो मात्रा सोही खोप नभएमा कोभिशिल्ड वा अस्ट्राजेनेकाको खोप दिने निणर्य गरेको छ ।

विदेशमा पहिलो मात्रा कोभिशिल्ड, अस्ट्राजेनेका, भेरोसेल, मोडर्ना र फाइजर खोप लगाएकालाई पनि दोस्रो मात्रा कोभिशिल्ड दिइने मन्त्रालयको परिवार कल्याण महाशाखाले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७