तनहुँको व्यास नगरपालिकामा शहीद दिवसका दिन सार्वजनिक बिदा


१५ माघ २०७८, शनिबार
Byas napa pte7JdSLNd

तनहुँ । तनहुँको व्यास नगरपालिकाले शहीद दिवसका दिन सार्वजनिक बिदा दिने निणर्य गरेको छ । यही माघ ७ गते बसेको बैठकले सहिद दिवसका दिन भोलि आइतबार सार्वजनिक बिदा दिने निणर्य गरेको हो । उक्त दिन नगरपालिकाको कार्यालय, सबै वडा कार्यालय बन्द रहने सूचना प्रविधि अधिकृत विशाल पण्डितले जानकारी दिए ।

नगरपालिकाले प्रत्येक वर्ष शहीद दिवसमा सार्वजनिक बिदा दिने गरेको छ । उक्त दिन नगरपालिकाले अल्ट्रा म्याराथन गर्ने गरेको थियो । तर यस पटक कोरोना जोखिमका कारण सो कार्यक्रम स्थगन भएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७