कार्टुन मिन्नी माउसको पोशाक फेरिने


१५ माघ २०७८, शनिबार
Mouse1643394780

काठमाडौं । विश्वकै सबैभन्दा चर्चित पोथी मुसा कार्टुनको पहिरनमा परिवर्तन आउने भएको छ । मिन्नी माउस अब परम्परागत रातो पहिरन छाडेर निलो स्मार्ट प्यान्टसुटमा देखापर्नेछ ।

डिस्नील्यान्डको पेरिस रिसोर्टको ३० औं वर्षगाँठ मनाउनका लागि स्टेला म्याककार्टनीले मिन्नी माउसका लागि यो नयाँ पोशाक डिजाइन गरेकी हुन् । तर यो पहिरन केही समयका लागि हुने बताइएको छ । डिस्नी प्रशंसकहरूले पहिरन फेरिएकोबारे अनलाइनमार्फत मिश्रित प्रतिक्रिया दिएका छन् ।

सन् २०२२ को मार्चमा डिस्निज पेरिस इन्टरटेन्मेनट रिसोर्टमा त्यहाँ आयोजना हुने विमिन्स हिस्ट्री मन्थको दौरान मिन्नीले पहिलोपटक यो औपचारिक पोशाक लगाएको देखिने छ । म्याककार्टनीले यो नयाँ पोशाक नयाँ पिँढीका लागि मिन्नी माउसको प्रगतिको प्रतीक सावित हुने बताएकी छन् । वाल्ट डिस्नी स्टुडियोजले पछिल्ला वर्षहरूमा आफ्नो अन-स्क्रिन विविधता देखाउन कार्टुन फिल्महरूलाई नयाँ लोकेसनहरूमा सुटिङ गर्न र नयाँ पात्रहरू प्रस्तुत गर्न थालेको छ ।

कन्जेरभेटिभ अमेरिकी टिप्पणीकार क्यान्डेस ओएन्सले फोक्स न्युजमा अन्तर्वार्ता दिने क्रममा मिन्नीलाई यो नयाँ पोशाक धेरै मात्रामा पुरुष जस्तो देखाएको भन्दै आलोचना गरेका छन् । पछि फक्स न्युज प्रस्तोताले ठट्टा गर्दै मिन्नीको पोशाकलाई अमेरिकी पूर्व विदेशमन्त्री हिलारी क्लिन्टनको पोशाकसँग तुलना गरेका थिए ।

केही प्रशंसकले मिन्नी माउसले यो पहिलोपटक पाइन्ट नलगाएको स्मरण गरेका छन् । सन् २०१९ मा उनलाई ’क्याप्टेन मिन्नी’को रूपमा कार्टुनमा उतारिँदा डिस्नी क्रुज लाइनमा सेतो नाविकको पाइन्ट लगाएको अवस्थामा प्रस्तुत गरिएको थियो । मिन्नी माउसलाई करिव १ सय वर्ष अघि कमिक बुक पाठकहरूका लागि वाल्ट डिस्नीज मिकी माउस पात्रको प्रेम विषयको रूपमा प्रस्तुत गरिएको थियो । सन् १९४२ मा यसको पूरा नाम मिनर्भा भएको खुलाइएको थियो । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७