नेपाल र मरिससबीचको पहिलो मैत्रीपूर्ण खेल आज : सीमित दर्शकले मात्र खेल हेर्न पाउने


१५ माघ २०७८, शनिबार
nepali football team ArNhqnb6u9
?????????????????????????????????????????????????????????

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीले आज (शनिबार) अफ्रिकी देश मरिसससँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ । खेल बेलुका पौने ५ बजे दशरथ रङ्गशालामा सुरु हुनेछ । राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले मरिसससँगको दुई मैत्रीपूणर् खेलका लागि यसअघि नै ३४ सदस्यीय प्रारम्भिक टोली घोषणा गरेका थिए। टोलीबाट पहिलो खेलका लागि २३ खेलाडी छनोट भएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सीमित दर्शक राख्न स्वीकृति दिएको छ । दुई मैत्रीपूर्ण फुटबल खेलका लागि मरिससको राष्ट्रिय टिम नेपालमा छ । घरेलु मैदानमा हुन लागेको मरिसससँगको खेलमा सुखद नतिजा नै मुख्य लक्ष्य भएको नेपाली टोलीले जनाएको छ । त्यस्तै मरिसस नेपाललाई रोक्ने रणनीतिका साथ खेल्नेछ ।

खेलको अघिल्लो दिन हिजो भएको पत्रकार सम्मेलनमा नेपाली टोलीका कप्तान किरण चेम्जोङले मरिसससँगका दुई मैत्रीपूर्ण खेलमा जितका लागि खेल्ने बताएका छन् । अर्को खेल मङ्गलवार हुनेछ ।

272924135 265502252357829 7817466150195812073 n dY65mXHTCI

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७