‘हर्के हल्लार’ युट्युब ट्रेन्डिङमा (भिडियो)


१५ माघ २०७८, शनिबार
harke hallar1643418107

काठमाडौं । हाँस्य टेलिश्रृंखला ‘हर्के हल्लार’ युट्युब ट्रेन्डिङमा आएको छ । दुई दिन अगाडि युट्युब ट्रेन्डिङको १ नम्बरमा रहेको यो टेलिश्रृंखला अहिले २ नम्बरमा छ ।

कान्तिपुर टेलिभिजनको युट्युब च्यानलबाट अपलोड भएको यो टेलिश्रृंखला ५३३ भागमा आइपुग्दा पहिलो पटक युट्युब ट्रेन्डिङको १ नम्बरमा पुग्न सफल भएको हो ।

‘पैसा देखेपछि भगवानको त त्रि नेत्र बल्छ’ टाइटल राखेर यो टेलिश्रृंखला युट्युबमा अपलोड गरिएको छ । यसका मुख्य कलाकार विष्णु सापकोटाले आफ्नो कामलाई दर्शकले मन पराइदिएकोमा आफूलाई थप महिनेत गर्ने उर्जा मिलेको बताएका छन् ।

‘हामीले यो भागमा साँच्चै धेरै मिहिनेत गरेका थियौं । त्यसको प्रतिफलस्वरुप दर्शकको उच्च माया पायौ’, सापकोटाले भने, ‘दर्शकको जनजीवनसँग जोडिएका विषय हामी उठाउँदै आएका छौं । यो भागबाट दर्शकको रुचि अझ धेरै केमा रहेछ भन्ने पहिचान गरेका छौं । यसै अनुसार काम गर्नेछौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७