विद्यार्थीलाई खोप दिन आजदेखि पाँच दिन विद्यालय खुल्ने


१५ माघ २०७८, शनिबार
khop balbalika

काठमाडौं । विद्यार्थीलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन आज (शनिबार) देखि पाँच दिन विद्यालय खुल्ने भएका छन् ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गएको मङ्गलवार सूचना निकालेर माघ १५ देखि २० गतेसम्म विद्यार्थीलाई अनिवार्य रूपमा खोप लगाउन आग्रह गरेको थियो । साथै पालिका र स्वास्थ्य संस्थासँग समन्वय गरेर खोप लगाउन भनिएको मन्त्रालयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

खोप लगाएको सुनिश्चित गरेपछि विद्यालयमा पठनपाठन र परीक्षाहरू सञ्चालन गर्ने सरकारको तयारी छ । कोरोना सङ्क्रमण कायमै रहेकाले आउँदो माघ मसान्तसम्म विद्यालय बन्द गर्न कोभिड-१९ व्यवस्थापन समन्वय समिति सीसीएमसीसीले सिफारिस गरेको छ । पहिलो चरणमा खोप लगाउन छुटेका विद्यार्थीलाई अबका पाँच दिन खोप दिइनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७