सत्ता गठबन्धनको बैठक फेरि दिउँसो ४ बजे बस्ने

काठमाडौं । स्थानीय तहको निर्वाचनको मितिबारे छलफल गर्न शनिबार बिहान बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठक सकिएको छ ।
करिब एक घण्टाको छलफलपछि प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, जनता सामाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच छुट्टै छलफल भएको थियो ।


उक्त छलफलबाट पनि निर्वाचनको मितिबारे टुंगा नलागेपछि पुनः गठबन्धनको बैठक आजै अपराह्न ४ बजे बस्ने कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले नेपालखबरलाई जानकारी दिए । आज बिहान सवा ९ बजेदेदेखि गठबन्धनको बैठक बसेको थियो। बैठकमा काङ्ग्रेस उपसभापति पूणर्बहादुर खड्का, कार्य सम्पादन समिति सदस्य कृष्णप्रसाद सिटौलासहित गठबन्धन चार दलका ४ शीर्ष नेता थिए । गठबन्धनको बैठक सकिएपछि फेरि शीर्ष नेता छलफलमा बसेका थिए ।