जङ्गली हात्तीले ९५ घर भत्कायो


१५ माघ २०७८, शनिबार
Elephant 3
फाइल फोटो

सिन्धुली । जंगली हात्तीले सिन्धुलीमा डेढ महिनाको अवधिमा ९५ वटा घर भत्काएको छ । दुधौली र कमलामाई नगरपालिकाका विभिन्न वडामा गरी हात्तीले ९५ वटा घर भत्काएको हो ।

दुधौलीमा ६५ र कमलामाई नगरपालिकाको रानीबासमा ३३ वटा घर हात्तीले भत्काएको स्थानीय प्रशासनले जनाएको छ । हात्ती आतंक बढेपछि स्थानीयबासी रातभर जाग्राम बस्न बाध्य भएका दुधौली नगरपालिका २ का वडाध्यक्ष रितेस राउतले बताए । रात पर्नासाथ गाउँ प्रवेश गर्ने जंगली हात्तीको समूहले मानिसको घर भत्काउनुका साथै अन्नपात, खाद्यान्न बाली र फलफूल नष्ट गर्न थालेपछि स्थानीय चिन्तित भएका दुधौली नगरपालिकाका प्रवक्तासमेत रहेका राउतले बताए ।

हात्तीले घर भत्काएका पीडित परिवारलाई नेपाल रेडक्रस सोसाईटीले त्रिपाललगायतका सामग्री सहयोग गरेको छ । डिभिजन वन कार्यालय सिन्धुलीले कोशीटापु राष्ट्रिय निकुञ्जबाट पर्सा राष्ट्रिय निकुञ्जमा बसाइँ गर्ने क्रममा ती हात्ती दुधौली र कमलामाई क्षेत्रमा देखापरेको जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७