राज्य असफलतातिर उन्मुख भयो : रामचन्द्र पौडेल


१५ माघ २०७८, शनिबार
Ramchandra Poudel

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पछिल्लो विकसित अवस्थाप्रति गम्भीर नहुने र निकास नखोज्ने हो भने सत्ता गठबन्धनको औचित्यमाथि नै प्रश्न उठ्न सक्ने बताएका छन् । नेता पौडेलले पछिल्लो समय राज्य व्यवस्थालाई नै असफलतातर्फ लैजाने प्रयासहरु क्रियाशील भएको भन्दै सत्ता गठबन्धनलाई गम्भीर हुन आग्रह गरे ।

आज (शनिबार) बालुवाटारमा बसेको गठबन्धन बैठकमा बोल्दै नेता पौडेलले सबैतिर गतिरोध कायम रहेको बताउँदै भने, ‘आज देशमा संसद चलेको छैन । सर्वोच्च अदालतमा गतिरोध कायमै छ । राष्ट्रिय महत्वका विषयमा गतिरोध कायमै छ । राज्य सञ्चालनमै गतिरोध देखिएको छ । सरकार संसदमा एउटा कानून पास गराउन सक्ने अवस्थामा छैन । कानून संशोधन गर्न समेत सरकारले नसकेको अवस्था छ ।’ पौडेलले सरकार अहिले संसदमा केही गर्न नसक्ने अवस्थामा रहेको समेत बताए ।

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राज्य ’फेलियर स्टेट’ तर्फ गएको बताएका छन् । संसद अवरुद्ध हुनु, न्यायालय अवरुद्ध हुनु र कार्यपालिकाले चुस्तरूपमा काम गर्न नसक्नु राज्य ’फेलियर स्टेट’तर्फ गएको संकेत भएको नेता पौडेलको भनाइ छ ।

“एमसीसी, बुढी गण्डकी, अप्पर कर्णालीलगायत ठूला परियोजनाको अवरोध हटेको छैन । सरकार सञ्चालनमा गतिरोध छ,“ उनी भन्छन्, “सरकार कानुन निर्माण र संशोधनसम्म गर्न सक्तैन । जनताका आवाज कुण्ठित गरिएको छ । देशलाई असफलतातर्फ लान खोजेको देखिन्छ ।“

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७