चुनावबाट आत्तिएका छैनौं, वैशाखमै भए पनि हामी डराउँदैनौं : माधव नेपाल


१५ माघ २०७८, शनिबार
Madhav Nepal

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी आगामी वैशाखमै स्थानीय तहको निर्वाचन भए पनि त्यसको सामना गर्न तयार रहेको बताएका छन् ।

आज (शनिबार) काठमाडौंमा आयोजित पार्टी निकट निजामति कर्मचारी संगठनलाई सम्बोधन गर्दै उनले आफूहरुलाई निर्वाचनमा जानबाट डरायो भनी भ्रम छर्ने काम भइरहेको बताए । ‘हामी चुनावसँग आत्तिएका छैनौं, चुनाव वैशाखमै हुन्छ भने पनि सामना गर्न तयार छौं’, उनले भने ।

उनले आगामी निर्वाचनसम्म गठबन्धन कायम रहने पनि दावी गरे । उनले प्रधानमन्त्री आफैंले पनि यो गठबन्धन कायम रहने बताइसकेकाले गठबन्धन टुट्छ कि भन्ने आशंका गर्नुपर्ने अवस्था नरहेको बताए । उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले विभिन्न जालझेल गरेर गठबन्धन टुटाउने प्रयास गरे पनि त्यो सफल नहुने स्पष्ट पारे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७