धरानमा कोरोना पुष्टि भएको भोलिपल्टै महिलाको मृत्यु


१५ माघ २०७८, शनिबार
bp kovid

सुनसरी । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । सुनसरीको धरान-९ निवासी ७६ वर्षीया महिलाको मृत्यु भएको प्रतिष्ठानका सह-प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिए ।

१४ गते कोरोना सङ्क्रमण पुष्टि भएर अस्पताल भर्ना भएको उनको १५ गते बिहान १ बजे प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालको भनाइ छ । कोरोनाविरुद्धको खोप लगाएका उनमा डाइबिटिजको रोग पनि रहेको थियो । उनको शवको व्यवस्थापन नियमानुसार गरिने पोखरेलले बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७