सत्ता गठबन्धनको वैठकमा राष्ट्रपतिको आलोचना


१५ माघ २०७८, शनिबार
bidhya

काठमाडौं । सत्तारुढ पाँच दलीय गठबन्धनको वैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना भएको छ । राष्ट्रपति भण्डारीले बिहीबार प्रधानमन्त्रीलाई स्थानीय तह निर्वाचन नसार्न लिखित रुपमै आग्रह गरेकी थिइन् । करिव एक घण्टा भएको भेटमा भण्डारीले लिखित रुपमै धारणा राखेको र सो पत्र प्रधानमन्त्रीलाई थमाएकी थिइन् ।

पत्रमा स्थानीय तह निर्वाचन ऐन संशोधन गर्ने सरकारी तयारीलाई चिन्ताजनक भन्दै राष्ट्रपतिले समयमै निर्वाचन गराउने दायित्वबाट सरकार भाग्न नमिल्ने बताएकी थिइन् । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठकमा राष्ट्रपतिको पत्रबारे छलफल भएको थियो । नेताहरुले राष्ट्रपतिले प्रधानमन्त्रीलाई पत्र दिनु असंवैधानिक भएको बताएका छन् ।

‘राष्ट्रपतिले राजनीति गर्न खोज्दै हुनुहुन्छ राजनीतिक महत्वकांक्षाका कारण उहाँले असंवैधानिक कदम चाल्नु भएको छ,’ बैठकमा सहभागी एक नेताले भने । गठबन्धनको वैठक आज (शनिबार) ४ बजे फेरि बस्दैछ । सत्ता गठबन्धनको एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु चुनावबाट भाग्न नखोजेको बताउँदै बैसाखमै चुनाव भए पनि सामना गर्न तयार रहेको बताएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७