२३ कर्मचारीमा कोरोना संक्रमण, तानसेन नगरपालिकाको सेवा स्थगित


१५ माघ २०७८, शनिबार
tansen nagarpalika

पाल्पा । तानसेन नगरपालिकाले कार्यालयका कर्मचारीमा कोभिड-१९ सङ्क्रमण देखिएपछि सेवा स्थगित गरेको छ । नगरपालिकाका २३ कर्मचारी तथा जनप्रतिनिधिमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अत्यावश्यक बाहेकका सेवा स्थगित गर्नु परेको प्रमुख प्रशासकिय अधिकृत पिताम्बर पाण्डेयले जानकारी दिए ।

नगरपालिकाले यही माघ २१ गतेसम्म सेवा स्थगित गरेको जनाएको छ । शुक्रवार ३२ कर्मचारीको पिसीआर परीक्षण गर्दा २३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७