वस्तिश्री गुरुकुल होइन अब ‘स्वस्तिश्री गुरुकुल आइबी वर्ल्ड स्कुल’


१५ माघ २०७८, शनिबार
272627527 3173102809627757 3323262300161648991 n

काठमाडौं । विश्वस्तरीय शिक्षा प्रणालीबाट पठनपाठन गराउँदै आएको काठमाडौँको सानो भर्‍याङ्मा रहेको स्वास्तिश्री गुरुकुलस्कुल अब त्यती नाममा मात्रै सीमित रहेन । आजदेखि उक्त स्कुलको नाम ‘स्वस्तिश्री गुरुकुल आइवी वर्ल्ड स्कुल’ बनेको छ ।

आज एक समारोहका बीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठको प्रमुख आतित्थ्यतामा उक्त घोषणा गरिएको हो । मन्त्री श्रेष्ठले कार्यक्रमलाई भर्चुअलका माध्यामबाट सहभागिता जनाएका थिए ।

स्वस्तिश्री नेपाली भाव र संस्कृति तथा अन्तराष्ट्रियस्तरको शिक्षाको समिश्रणबाट विश्वस्तरीय गुणस्तरयुक्त शिक्षा नेपालमा नै प्रदान गर्ने उद्देश्यले तीन वर्ष अघि स्थापना भएको शैक्षिक संस्था हो । विसं २०७६ सालमा स्थापना भएको गुरुकुलले पहिलो वर्ष मन्टेश्वरी, दोस्रो वर्ष एकैसाथ शून्य विद्यार्थीबाट कक्षा १० सम्म स्कुल सञ्चालन गर्न सफल भएकोमा चालु शैक्षिकसत्र अर्थात तेस्रो वर्षदेखि ११ सम्मको कक्षा सञ्चालन गर्दै आइरहेको प्रवन्ध निर्देशक मिना महर्जन चित्रकारले जानकारी दिए ।

272876793 969473983969185 2275643330720589804 n 1536x1012 1

विश्वस्तरीय भौतिक पूर्वाधारसहितको नवनिर्मित भवनमा आधुनिक शैक्षिक प्रणाली र विद्यार्थीको रुचि अनुसारको गुणस्तरयुक्त तथा विद्यार्थीमैत्री पठनपाठन हुँदै आएको यस स्कुलले हालैमात्र आइबी वर्ल्ड स्कुलको मान्यता प्राप्त गर्न सफल भएकोमा आज प्रमाणपत्रसमेत प्राप्त गरेको छ । यो अन्तराष्ट्रिय शैक्षिक कार्यक्रममा आधारित रहेर विद्यालयलाई दिइने उपाधि हो ।

आइवी मान्यता प्राप्त गर्न त्यती सजिलो छैन । विभिन्न मापदण्डहरुको आधारमा आइवी घोषण हुने गर्दछ । कक्षा कोठा, पठन पद्धति, विद्यार्थीको सिकाइ, भौतिक पुर्वाधारलगायतका आधारमा झण्डै डेढ वर्षको अध्ययन अनुसन्धानपछि मात्रै गुरुकुलले विश्वस्तरको मान्यता प्राप्त गरेको हो । छोटो समयमा आइबी मान्यता प्राप्त गर्नै यो नेपालको पहिलो हो । काठमाडौँ जिल्लामा उक्त मान्यता पाउने पनि यो पहिलो स्कुल हो । उक्त घोषणासँगै आजैबाट ‘स्वस्तिश्री गुरुकुल आइवी वल्र्ड स्कुल’ को नाममा सञ्चालित हुन शुरु गरेको छ ।

विद्यालयमा सञ्चालित आइ.बी. पि.वाइ.पी. पाठ्यक्रम, फिल्ड वर्क एजुकेशन, लण्डन मन्टेश्वरी शिक्षाको लागि आइ.इ.वाइ.सी पाठ्यक्रम, वाटकिन्सन स्कुल, अमेरिकासँग शैक्षिक कार्यक्रमका लागि सहकार्य हुनु यसका महत्वपूर्ण विशेषता हुन् ।

यस्तै एसियाको ‘वेष्ट इमर्जिङ स्कुल अवार्ड २०२०-२०२१’ प्राप्त गर्न सफल स्वस्तिश्री गुरुकुलले स्वस्तिश्री स्पोर्ट एकाडेमी स्थापना गरी फुटबल, फुटसल, पौडी, बास्केटबल, तेक्वान्दो, स्केटिंग, टेवल टेनिसलगायतका खेलकुदका तालिम अन्य विद्यालयका इच्छुक विद्यार्थीहरुका लागि समेत प्रदान गर्दै आइरहेको छ । यस गुरुकुलका प्रबन्ध निर्देशक श्रीमती मिना महर्जन (चित्रकार) म्यानेजमेन्ट एजुकेशन इनोभेटरको रुपमा ‘नेशनल प्रोफेसनल एचिभमेन्ट अवार्ड २०२१’बाट सम्मान पाउनु स्कुलकै गरिमा भएको विद्यालयले आज एृक विज्ञप्ति जारी गरी जनाएको छ ।

स्वस्तिश्री, इन्टरनेशनल स्कुल एशोसिएसनको नेपालको एक मात्र सदस्य विद्यालय र इन्टरनेशनल स्कुल स्पोर्ट फेडेरेशनको नेपालको एकमात्र पूर्ण सदस्यता प्राप्त विद्यालय हुनु पनि यसको विशेषता रहेको छ । प्रस्तावित स्वस्तिश्री गुरुकुल फाउन्डेसनमार्फत विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेको अध्यक्ष रामकृष्ण चित्रकारले जानकारी दिए ।

272644555 465206108664962 4275058173153534320 n 1536x1002 1

मन्त्री श्रेष्ठले उक्त समारोहमा भर्चुअल माध्यमबाट सहभागि हुँदै परिवर्तित समय र आवश्यकता अनुसारको शिक्षा दिनका लागि स्वस्तिश्रीले गरेको लगानीको प्रशंसा गरे । संसारमा चलेको कार्यक्रम आइबी प्राप्त स्कुलबाट पासआउट भएका विद्यार्थीहरुलाई विश्वका उत्कृष्ट विश्वविद्यालयहरुले सजिलै लिने बताउँदै श्रेष्ठले आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

समारोहको अध्यक्षता गर्नुभएका स्वस्तिश्री गुरुकुलका अध्यक्ष रामकृष्ण चित्रकारले भौतिक संरचनाले मात्रै होइन शैक्षिक एबं प्राज्ञिक रुपमा समेत उत्कृष्ट बनाउने सोच रहेको जानकारी गराए । उनले लगानी र भौतिक संरचनाका हिसावले फरक र नयाँ भिजनका साथ शुरु गरेको स्कुलले छोटो समयमै आइबी प्राप्त गर्नु सफल भएकोमा स्कुल परिवार सबैलाई धन्यवाद दिए ।

स्कुलका प्रिन्सिपल डा हिमलाल घिमिरेले मुलुकका चार विद्यालय मध्ये छोटो समयमा र काठमाडौँमै पहिलो आइवी मान्यता प्राप्त गर्न सफल भएको भन्दै खुसी व्यक्त गरे । ब्राइट फ्यूचर स्कुलका संस्थापक अध्यक्ष मोहनकुमार कार्कीले छोटो समयमा ठूलो प्रभाव पार्न सफल यस स्कुलका विद्यार्थीले युरोप लगायत वाह्य मुलुकमा उत्कृष्ट खेल प्रदर्शन गर्न सफल भएको जानकारी गराए ।

स्कुलका आइबी संयोजक मक्सुद आलमले संयोजक बनेर काम गर्न पाउँदा खुसी व्यक्त गर्दै छोटो समयमा आइबी प्राप्त गर्ने नेपालकै पहिलो स्कुल बन्न सफल भएको जानकारी दिए । स्कुलका एकाडेमिक निर्देशक प्रविन मोक्तानले स्कुलको सफलताले अझै गुणस्तरीय शिक्षा प्रदान गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त समारोहमा स्वस्तिश्री गुरुकुलका प्रबन्ध निर्देशक मिना महर्जन चित्रकारलाई एलआरआइ स्कुल कलंकीका संस्थापक अध्यक्ष शिवराज पन्तले आइवी वर्ल्ड स्कुलको प्रमाणपत्र हस्तान्तरण गरेका थिए थियो । यसअघि स्कुल प्रांगणमा आइवी वर्ल्डको झण्डोत्तोलनका साथै लोगोको उद्घाटन गरिएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७