बुबाले चलाएको ट्याक्टरले किचेर खेल्दै गरेकी दुई वर्षीया बालिकाको मृत्यु


१५ माघ २०७८, शनिबार
child death

झापा । झापाको कनकाई नगरपालिका-७ दुर्गापुरमा ट्याक्टरले किचेर आज (शनिबार) दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन् ।

बुबा बालकृष्णले चलाएको मे १ त ७५९ नम्बरको ट्याक्टरले किच्दा उनी गम्भीर घाइते भएकी थिइन् । घर अगाडि पार्किङ गरेर राखिएको ट्रयाक्टर स्टाट गर्ने क्रममा ट्याक्टरमुनि खेल्दै गरेकी आरुची घाइते भएकी थिइन् । उनलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित विर्तासिटी अस्पताल लगिएको थियो । उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७