ब्राजिलमा दैनिक संक्रमितहरूको संख्या साढे दुई लाख बढी


१५ माघ २०७८, शनिबार
korona 1

काठमाडौं । ब्राजिलमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरूको संख्या साढे दुई लाखभन्दा बढी पुगेको छ । सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ सङ्क्रमित थपिएका छन् ।

योसँगै ब्राजिलमा अहिलेसम्म कुल सङ्क्रमितहरूको संख्या दुई करोड ५० लाख ३४ हजार ८०६ पुगेको ब्राजिलको स्वास्थ्य मन्त्रलायले जनाएको छ । ब्राजिलमा यसअघि एक दिनमा दुई लाख २८ हजार ९५४ जना नयाँ सङ्क्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो ।
मन्त्रालयका अनुसार कोरोना भाइरसका कारण ब्राजिलमा अहिलेसम्म छ लाख २५ हजार ८८४ जनाको मृत्यु भएको छ । तीमध्ये ७९९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो ।

कोरोना भाइरसका कारण धेरै मृत्यु भएका देशहरूमध्ये ब्राजिल दोस्रो क्रम संख्यामा पर्दछ । ब्राजिलमा भन्दा धेरै विश्वमै सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ । तेस्रो धेरै मृत्यु भने भारतमा भएको देखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७