४,९०४ मा कोरोना संक्रमण, ५,९२४ जना निको, ६ को मृत्यु


१५ माघ २०७८, शनिबार
korona 1

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ४,९०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३,३१८ तथा एन्टिजेन विधिबाट १,५८६ जनामा संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप ५,९२४ जना संक्रमणमुक्त भएका छन् भने ६ जनाले ज्यान पनि गुमाएका छन् ।

योसँगै कुल संक्रमितको संख्या ९ लाख ४७ हजार ३९२ जना पुगेको छ । कुल संक्रमितमध्ये ८७ हजार ३२९ जना सक्रिय संक्रमित छन् । आजसहित देशभर निको हुनेको संख्या ८ लाख ४८ हजार ३६० पुगेको छ ।

FKQ71RcagAEqIVj

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ७०३ पुगेको छ । हाल १३९ जना क्वारेन्टाइनमा छन् । २८६ जना आइसीयू र ४७ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७