मनाङलाई टाइब्रेकरमा हराउँदै एपीएफले पहिलोपल्ट जित्यो आहा रारा गोल्डकपको उपाधि


१५ माघ २०७८, शनिबार
272835654 10159806169027320 1117625787950737548 n

पोखरा । मनाङलाई टाइब्रेकरमा हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लबले पहिलोपल्ट आहा रारा गोल्डकपको उपाधि जितेको छ ।
पोखरा रंगशालामा भएको खेलमा पेनाल्टीमा मनाङलाई ५-४ गोलले हराउँदै एपीएफले पहिलो पटक आहा रारा गोल्डकपको उपाधि जितेको हो ।

यसअघि खेलको निर्धारित समयमा २-२ को बराबरी भएपछि खेल ३० मिनेटको अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयमा दुवै टोलीले गोल गर्न नसकेपछि खेल टाइब्रेकरमा पुगेको थियो । विजेता एपीएफले १० लाख १ हजार रुपैयाँ र दोस्रो भएको मनाङले ५ लाख १ हजार रुपैयाँ पुरस्कार पाएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७