२०७८ माघ १६ गते आइतबारको तपाईको राशिफल

शहीद दिवस/विश्व कुष्ठरोग दिवस


१६ माघ २०७८, आईतवार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आतिथ्यपूर्ण सम्मान पाइएला । वैदेशिक कार्य अघि बढ्ने छ । यात्रामा सावधानी अपनाउनु पर्नेछ । तर्क, विवाद र प्रतिस्पर्धाबाट भने लाभ हुने छैन ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
धार्मिक कार्य सफल रहने छन् । महिला वा मित्रबाट विशेष सहयोग मिल्ने छ । श्रमको उचित मूल्याङ्न हुनेछ । दिनको उत्तरार्ध बढी सुखद् रहने छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
अधुरो काम पूरा हुनेछ । व्यवसायका लागि यात्राको सम्भावना पनि छ । महिला वर्गबाट विशेष सहयोग मिल्ने छ । वैदेशिक कार्य पनि अघि बढ्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज विद्या र बुद्धिको विकास हुनेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्ला । शुभकार्यको चर्चा चल्ने छ । शेयर बजारमा पनि सफलता मिल्ने छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज प्रेम सम्बन्ध कसिलो होला । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ । दाम्पत्य सुखले प्रफुल्लित गराउनेछ । पुँजी बजारले पनि साथ दिनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
प्रेम र मित्रताको बन्धन कसिने बेला छ । काम देखाएर अरूको मन लोभ्याउन सकिने छ । नयाँ कार्यको योजना बन्ने छ । दैनिक कार्यमा सहजता मिल्ने छ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
आज आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । महत्वपूर्ण अवसर गुम्न सक्छ । घर परिवारमा झैझमेलाको अवस्था पनि आउन सक्छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निणर्य लिन सकिने छ । बोलीको प्रभाव पनि बढ्ने छ । शुभकार्यको चर्चा पनि चल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आम्दानी प्रशस्तै बढ्नेछ । दाम्पत्य जीवन सुखमय हुनेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता पनि मिल्ला, तर स्वास्थ्य मापदण्डको पालना गर्नु पर्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
कुनै समाचारले मनमा शान्ति छाउला । शुभकार्यको चर्चा चल्ने छ । नयाँ सवारी साधन प्राप्तिको योग छ । राजनैतिक कार्यमा सफलता मिल्ने छ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
महत्वपूर्ण अवसर गुम्न सक्छ । नजिकको व्यक्तिबाट धोका पाइन सक्नेछ सचेत रहनुहोला । मन कमजोर पनि रहला, साँझमा भने धन हात पर्ला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आज नयाँ कमको थालनी हुनेछ । धार्मिक यात्राको योग छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ हुनेछ । अचल सम्पत्ति पनि हात पर्ला ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७