हिमआँधीका कारण अमेरिकामा आपतकाल घोषणा, पाँच हजार बढी हवाई उडान रद्द


१६ माघ २०७८, आईतवार
america SLPMafIRdp

काठमाडौं । अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको हिमआँधीका कारण जनजीवन प्रभावित भएको छ । चार वर्षमा पहिलो पटक यस्तो आँधी आएको त्यहाँको राष्ट्रिय मौसम विभागले जनाएको छ । विभागले सकेसम्म यात्रा नगर्न र यात्रै गर्नै परे चिसोबाट जोगिने सामग्री गाडीमा बोक्न आग्रह गरेको छ । हिमआँधीमा पसे गाडीभित्रै सुरक्षित रहनका लागि विभागले यस्तो आग्रह गरेको हो ।

यस्तै, भारी हिमपात र हावाहुरी चलेपछि पाँच राज्यमा आपतकालीन अवस्था घोषणा गरिएको बीबीसीले जनाएको छ । न्युयोर्क, न्युजर्सी, मेरिल्यान्ड, भर्जिनिया र रोड आइल्यान्डमा आपत्कालीन अवस्था घोषणा गरिएको छ । त्यहाँका सरकारले सतर्कता अपनाउन चेतावनी जारी गरेका छन् ।

अमेरिकाका सात करोड ५० लाख मानिस हिमआँधीको चपेटामा पर्न सक्ने पनि खबरमा उल्लेख गरिएको छ । भारी हिमपात र हुरीका कारण पाँच हजारभन्दा धेरै हवाई उडान रद्द गरिएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७