युक्रेन संकट : बेलायतले पूर्वी युरोपमा परिचालन गर्ने सेना दोब्बर पार्ने


१६ माघ २०७८, आईतवार
Jonson 1

काठमाडौं । बेलायतले पूर्वी युरोपमा परिचालन गर्ने सेनाको संख्या दोब्बर पार्ने योजना गरिरहेको जनाएको छ । युक्रेन तनाव बढिरहेका बेला रसियलाई दबाब दिन बेलायतले पछिल्लो योजना गरिरहेको बीबीसीले जनाएको छ ।

सम्भावित दोब्बर परिचालनले रसियाली प्रशासन क्रेमलिनलाई प्रष्ट सन्देश दिने उनले बताए । तनाब न्यूनका गर्न दुबै देशका रक्षा र विदेश मन्त्रीबीच भेटवार्ताको कार्यक्रम छ । त्यस्तै, प्रधानमन्त्री जोनसनले रसियाली राष्ट्रपति भ्लादमिर पुटिनलाई आगामी दिनमा टेलिफोन गर्ने कार्यक्रम छ ।

यसै साता पूर्वी युरोप भ्रमण गर्न लागेका प्रधानमन्त्री जोनसनले रसियाको अस्थिर गतिविधि बेलायतका लागि मान्य नभएइको भन्दै सरकार सधै नेटो गठबन्धनसँग उभिने प्रतिबद्धता जनाए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७