पाकिस्तानमा पब्जीसहितका खतरनाक भिडियो गेमलाई प्रतिबन्ध लगाउने तयारी


१६ माघ २०७८, आईतवार
blackout vs pubg

काठमाडौं । पाकिस्तानको पन्जाव प्रहरीले पवजीलगायत खतरनाक भिडियो गेममा प्रतिबन्ध लगाउन सरकारसँग माग गरेको छ । त्यसका लागि प्रहरीले प्रान्तीय र संघीय सरकारलाई सिफारिस गर्ने निणर्य गरेको छ ।

खतरनाक खेलको दुस्प्रभावको कारण पञ्जाब प्रान्तको लाहोर जिल्लामा एक युवाले आफ्नी आमा र तीन भाइबहिनीको गोली हानी हत्या गरेपछि प्रहरीले यस्तो तयारी अघि बढाएको हो ।

पञ्जाब प्रहरीका प्रवक्ताका अनुसार देशको युवा पुस्तालाई उनीहरूको हानिकारक प्रभावबाट जोगाउन सकियोस् भनेर गोली हानाहान र हिंसाको बढ्दो प्रवृत्ति सिकाउने खेललाई प्रतिबन्ध लगाउन सिफारिस पठाउने निणर्य गरेको द न्युज इन्टरनेशनलले उल्लेख गरेको छ ।

प्रहरीले देशमा भएको एक दुःखद घटनालाई ध्यानमा राखेर उक्त निणर्य लिएको हो । हालै भएको उक्त घटनामा युवाले आफ्नी आमा र तीन भाइबहिनीको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरी प्रवक्तालाई उद्धृत गर्दै द न्युज इन्टरनेशनलले भनेको छ, ‘अली जेनले २०२२ जनवरी १९ गते आफ्नी आमा, दुई बहिनी र एक भाइको गोली हानी हत्या गरी पेस्तोल लुकाएका प्रारम्भिक छननविनले देखाएको छ ।’

पबजी खेलमा बारम्बार पराजित हुँदा तनाव बढेपछि उनले खेलमा जस्तै सबै जना फेरि बाँच्न सक्ने सोचेर गोली प्रहार गरेको बयानमा उनले बताएका छन् । प्रवक्ता अधिकारीले घटनाका सबै पक्षको छानबिन भइरहेको र कानुनी र तथा न्यायिक प्रक्रिया पूरा भएपछि अभियुक्तलाई कडा सजाय हुने बताए । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७