हाड्रोपावरको सुरुङभित्र वेपत्ता कामदारको शव तीन दिनपछि भेटियो


१६ माघ २०७८, आईतवार
solu tunnel LrMCPNKLBq1 20220130021634
????????????????????????????????????????????????????????????

सोलुखुम्बु । सोलुखोला दूधकोशी जलविद्युत् आयोजनाको सुरुङ वेपत्ता कामदारको शव तीन दिनपछि भेटिएको छ । निर्माणाधीन ८६ मेगावाटको उक्त हाइड्रोपावरको सुरुङमा गत बिहीवारदेखि वेपत्ता बाराको कोलभी नगरपालिका-१ का २४ वर्षीय राकेश चौधरीको शव शनिबार दिउँसो भेटिएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

सूचना अधिकारी प्रहरी निरीक्षक ऋषिराज ढकालका अनुसार नेपाल प्रहरी, नेपाली सेना रर हाड्रोपावरका कर्मचारीहरुको तीन दिन देखिएको सकृयतापछि शनिबार दिउँसो करिब १६० मिटर तल शव भेटिएको हो । शवको उद्धार पश्चात कानुनी प्रकृया पूरा गरी पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लुमा ल्याइएको छ ।

विहीबार विहान अन्दाजी ५ बजे सुरुङ मार्गमा जाने क्रममा बकेट चुँडिदा हाड्रोपावरका कामदार चौधरी बेपत्ता भएका थिए भने अर्का कामदार पर्साको पटेरवा गाउँपालिका-४ का २० वर्षीय अंगत राय थारु घाईते भएका थिए ।

घाइतेको काठमाडौंमा रहेको ग्रान्डी अस्पतालमा उपचार भइरहेको आयोजनाले जनाएको छ । थुलुङ दूधकोशी गाउँपालिका-३ पञ्चनमा निर्माणाधीन यस हाइड्रोपावरमा करिब एक महिनाको अवधिमा ३ जनाले ज्यान गुमाएका छन् । यसअघि गएको पुस ११ गते पानी परीक्षणका क्रममा पाइप विस्फोट हुँदा दुई इन्जिनियरको ज्यान गएको थियो भने एक जना घाइते भएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७