एमाले र माओवादी केन्द्रको एकता टुटाउने ऋषि कट्टेल आफ्नै पार्टीबाट निष्काशित


१६ माघ २०७८, आईतवार
rishi kattel

काठमाडौं । नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा सर्वोच्च अदालतबाट भङ्ग गराउने हतियार बनेको नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल आफ्नै पार्टीबाट निष्काशित भएका छन् ।

पार्टीको हितविपरीत काम गरेको आरोप लगाउँदै उक्त पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले साधारण सदस्य समेत नरहने गरी कट्टेललाई पार्टीबाट निकालिएको जानकारी दिएका छन् ।
सुवेदीले जारी गरेको विज्ञप्तिमा दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधान विपरित कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन गरिएको समितिको सिफारिसका आधारमा उनलाई निष्कासन गरिएको उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले यही माघ ५ गते जाँचबुझ समिति गठन गरी अध्यक्ष कट्टेलसँग स्पष्टीकरण मागेको थियो। तर उनले स्पष्टीकरण दिएनन् । उनै कट्टेलले आफ्नो पार्टी (नेकपा) सँग नाम जुधाएर निर्वाचन आयोगमा दल दर्ता गरिएको भन्दै सर्वोच्च अदालत हालेको मुद्दामा फैसला हुँदा उनको पार्टीलाई वैधानिकता दिँदै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा भङ्ग गरिएको थियो ।

risis kattel niskasan VCHb4FhQBD

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७