‘स्थानीयदेखि संघीय निर्वाचनसम्म गठबन्धन आवश्यक’


१६ माघ २०७८, आईतवार

पाल्पा । राष्ट्रियसभाका नव निर्वाचित सदस्य राजेन्द्रलक्ष्मी गैरेले प्रतिगमनकारी तत्वलाई परास्त गर्न स्थानीयदेखि सङ्घीय संसदको निर्वाचनसम्म वर्तमान सत्ता साझेदार दलका बीचमा एकता आवश्यक रहेको बताएकी छन् ।

आफ्नो सम्मानमा पाल्पाको रामपुरमा शनिबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा (एमाले) अध्यक्ष ओलीले दम्भ देखाएकै कारण वर्तमान अवस्था सिर्जना भएको बताइन् ।

नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य समेत रहकी उनले सत्ता गठबन्धन संविधानलाई जोगाउन, लोकतन्त्रलाई बचाउन र विकास निर्माणलाई अगाडि बढाउन भएको स्पष्ट पारिन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७