होटलको कोठामा युवकको शव भेटियो


१६ माघ २०७८, आईतवार
death

कैलाली । कैलालीको गौरीगंगास्थित एक होटलमा ३५ वर्षीय युवाको शव फेला परेको छ । गौरीगंगा नगरपालिकाको राजीपुरमाअवस्थित एक होटलमा कैलालीकै घोडाघोडी नगरपालिका-१ का ३५ वर्षीय साधन डान मृत फेला परेका जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनको मृत्यु कारण नखुलेको र घटनाको अनुसन्धान शुरु गरिएको कैलालीका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए । यही माघ ३ गतेदेखि होटलमा बस्दै आएका उनी शनिबार ,बिहान मृत अवस्थामा फेला परेका हुन् । कोठाभित्र खाटमा घोप्टो परेको अवस्थामा उनको शव फेला पारिएको डीएसपी जोशीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७