बेलारुस वा रुसमाथि हमला भए युद्धको सम्भावना छ : लुकासेन्को


१६ माघ २०७८, आईतवार

काठमाडौं । बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकासेन्कोले बेलारुसको युद्धप्रति इच्छा नभएको बताउँदै आफ्नो देश वा उसको छिमेकी रसियामामा प्रत्यक्ष हमला भए द्वन्द्व हुने बताएका छन् । बेलारुस र रसियाले संयुक्त सैन्य अभ्यासको तयारी गरिरहेका बेला लुकासेन्को भनाई आएको हो ।

तर, ‘युद्ध भइहाले पनि त्यसमा कोही पनि विजेता नहुने’ र हरेक चिज गुम्ने उनको भनाई छ । राष्ट्रका नाममा टेलिभिजनमा सम्बोधन गर्ने क्रममा उनले यस्तो धारणा राखेका हुन् । बेलारुस र रसियाले चाँडै नै युक्रेनको दक्षिणी सीमामा पर्ने युक्रेनमा संयुक्त सैन्य अभ्यास गर्दैछन् ।

युक्रेनको सीमामा दशौं हजार रसियाली सेना तैनाथ भइरहेको पृष्ठभूमिमा दुई देशबीच सैन्य अभ्यास हुँदैछ । सेना परिचालनकै कारण अमेरिकी नेतृत्वको पश्चिमी गठबन्धन रुसँग क्रुद्ध छ । रुसले कुनै पनि बेला युक्रेनमा हमला गर्न सक्ने उनीहरुको अनुमान छ ।

रसियाले युक्रेनमा हमला नगर्ने बताए पनि उसका पछिल्ला गतिविधिले अतिक्रमणको खतरा बढेको छ । युक्रेनले सुरक्षा खतरा बढाएको रसियाले दाबी गर्दै आएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७