रात्रिबसले मोटरसाइकललाई ठक्कर दिंदा युवकको मृत्यु, १३ जना घाइते


१६ माघ २०७८, आईतवार
sarlahi accident 8N9Q9cUmAh

सर्लाही । पूर्व-पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिका-१२ बाँके जंगलमा यात्रुवाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार एक जनाको मृत्यु भएको छ भने बसमा सवार १३ जना घाइते भएका छन् ।

सिरहाको बरियारपट्टीबाट काठमाडौंतर्फ आउँदै गरेको ना ७ ख ७५३ नम्बरको रात्रिबसले विपरीत दिशा जाँदै गरेको ना २९ प ४४९८ नम्बरको मोटरसाइकललाई गए राति ठक्कर दिएको हो । मोटरसाइकललाई ठक्कर दिएपछि रात्रिबस राजमार्ग बायाँ साइडमा पल्टिँदा बसमा सवार ४० जनामध्ये १२ यात्रु घाइते भएको सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीले जानकारी दिए ।

बसको ठक्करबाट मोटरसाइकल पछाडि सवार ईश्वरपुर-१२, घारीबथानका २७ वर्षीय भक्तबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको छ भने सोही ठाउँ निवासी मोटरसाइकल चालक २६ वर्षीय अरुण खड्का गम्भीर घाइते भएका छन् । उनलाई लालबन्दीस्थि गढीमाई अस्पतालमा सामान्य उपचार गरी थप उपचारका लागि नेसनल मेडिकल कलेज वीरगन्ज पठाइएको प्रहरीले जनाएको छ ।

लालबन्दी मोडेल अस्पतालमा उपचारपश्चात सात जना डिस्चार्ज भई आ-आफ्नो घरतर्फ फर्किसकेको र बाँकी चार घाइते सोही अस्पतालमा उपचार भइरहेको छ । एक जनालाई सिरहातर्फ सिफारिस गरिएको प्रहरीले जनाएको छ । अत्यधिक कुहिरोका कारण राजमार्गमा सवारी दुर्घना बढेको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७