कांग्रेसको क्रियाशील सदस्यता त्याग्दै आदिवासी जनजाति संघका सभापतिको राजीनामा


१६ माघ २०७८, आईतवार
Indra Bahadur Gurung

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल आदिवासी जनजाति संघका सभापति इन्द्रबहादुर गुरुङले पदबाट राजीनामा दिएका छन् । गुरुङले प्रधानमन्त्री समेत रहेका पार्टी सभापति शेरबहादुर देउवालाई आफ्नो राजीनामा पत्र बुझाएका हुन् ।

संघको पुरानो विधान संशोधन गरेर संघीय संरचनाअनुसार संस्थालाई परिवर्तन गर्न ०७४ फागुन २७ मा संशोधित विधानको कपि बुझाए पनि पार्टीले त्यसलाई अहिलेसम्म पनि स्वीकृति नदिएको गुनासो गुरुङले गरेका छन् ।

गुरुङले सभापति देउवा र पार्टीप्रति नै निकै असन्तुष्टि व्यक्त गरेका छन् । कांग्रेस गुट, उपुगुटमा लागेको र गठबन्धनका नाममा विभिन्न पार्टीका चुनाव चिह्नमा मतदान गर्नुपरेको, १४औं महाधिवेशनमा भ्रातृ संस्थाहरूले पाउने महाधिवेशन प्रतिनिधि पनि नपाएको लगायत गुनासा उनले गरेका छन् ।
हेर्नुस् विज्ञप्ति

indra gurung 8X7TtDKxmT

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७