काठमाडौंमा प्रहरीको ‘लिमा अपरेसन’ : डेढ करोडको नक्कली मदिरा बरामद


१६ माघ २०७८, आईतवार
kafdmkdmg1643521722

काठमाडौं । महानगरीय अपराध महाशाखाको टोलीले भारतबाट आयातित ठूलो मात्रामा नक्कली मदिरा बरामद गरेको छ । सो क्रममा राजस्व समेत छली गरेको पाइएको छ ।

नक्कली रेड लेबल, चिभास र अस्सुलुट भोड्का बरामद गरिएको हो । महाशाखाले चार जनालाई पक्राउ समेत गरेको छ । काठमाडौंको रामकोट, बानेश्वर र कपन क्षेत्रबाट २९६ कार्टुन मदिरा बरामद गरिएको हो ।

बरामद मदिराको बजार मूल्य एक करोड ५० लाख रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ । प्रहरीले मदिराविरुद्धको अपरेसनलाई ‘अपरेसन लिमा’ नाम दिएको थियो । पक्राउ पर्नेमा पर्साका सन्तोषचन्द्र बख्रेल, काठमाडौंका शैलेन्द्र पन्त, पर्साका रवीन पाख्रिन र सर्लाहीका नारायणप्रसाद घिमिरे छन् ।

प्रहरीले बरामद भएको मदिराको गुणस्तर समेत परीक्षणका लागि पठाएको जनाएको छ । भारतीय र नेपाली नागरिकको मिलेमतोमा सो मदिराहरू भारतबाट नेपाल भित्र्याउने गरेको प्रहरी अनुसन्धानमा खुलेको छ । सो मदिराहरू पार्टी प्यालेसमा बढी बिक्री गर्ने गरेको खुलेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७