बालाजु बाइपासमा हटाइएका ३९ घर परिवारलाई पुनर्स्थापना गराउन माग


१६ माघ २०७८, आईतवार
balaju bypasa

काठमाडौं । बालाजु बाइपासमा बाटो साँघुरो भएको नाममा ३९ घर परिवारलाई प्रचलित ऐन, कानून, अदालतको आदेश उल्लङ्घन गरी हटाइएको घटनाप्रति बिरोध भएको छ ।

उपत्यकाव्यापी सडक बिस्तार पीडित सङ्घर्ष समितिले विज्ञप्ति जारी कानून विपरीतका यस्ता काम रोकेर पीडित परिवारलाई सोही स्थानमा पुनःस्थापना गराउन माग गरेको छ । अदालतले सो स्थानमा प्रवेश नगर्नु, नगराउनु भन्ने आदेश दिएपनि अहिले शौचालय, ट्याक्सी पार्क र सूचना केन्द्र बनाउने काम भइरहेकोमा समितिले आपत्ति जनाएको हो ।

अदालतको आदेश विपरीत संरचना बनाउने नाममा सो स्थानमा डोजर चलाइएको छ । समितिले पीडितलाई सोही स्थानमा पुनर्वास नगराए आन्दोलनमा उत्रन बाध्य हुने जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७