एक किलो सुनसहित काठमाडौंबाट पोखरा जाँदै गरेका युवक पक्राउ


१६ माघ २०७८, आईतवार
Capture 4

काठमाडौं । एक किलो सुनसहित काठमाडौंबाट पोखरा जाँदै गरेका एक युवक पक्राउ परेका छन् । पोखरा-३० पावर हाउस चोकबाट करिब एक किलो बराबरको बिस्कुट आकारको सुनसहित रेशम सुनारलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो । अवैध रुपमा भित्र्याएको सुनसहित पक्राउ गरेका युवक पोखरा-१५ रामबजारका हुन् ।

काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको ग १ ख २९६९ नम्बरको हाइस माइक्रो बसलाई वडा प्रहरी कार्यालय गगनगौंडाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा सुन भेटिएको बरामद भएको हो । सुनारले लुकाइ ल्याएको अवस्थामा सुन फेला पारेको प्रहरीले जनाएको छ । एक किलो सुनको मूल्य करिब ८० लाख रुपैयाँ पर्न आउँछ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७