रामेछापमा कैदीबन्दी भेट्न प्रतिबन्ध


१६ माघ २०७८, आईतवार
ramechhap karagar2022 01 30 01 42 58

रामेछाप । रामेछापमा तेस्रो लहरको कोरोना महामारी बढेसँगै जिल्ला कारागार कार्यालयले कैदीबन्दीसँग भेटघाटमा प्रतिबन्द लगाएको छ ।
कोरोना संक्रमणका बिरामीहरु तीव्र रुपमा बढेसँगै कारागार कार्यालय रामेछापमा विभिन्न मुद्धामा कैद भुक्तान गर्दै आएका कैदीवन्दीहरुका आफन्त र अन्य व्यक्तिहरुलाई तत्काल भेटघाट गर्न प्रतिवन्ध लगाइएको जिल्ला कारागार कार्यालय रामेछापका जेलर रामकृष्ण घिमिरेले जानकारी दिए ।

जेलर घिमिरेले भने, ‘कोरोना महामारी बढेसँगै कारागार व्यवस्थापन विभागले परिपत्र गरेर कोरोना अवधिभर थुनुवा कैदी बन्दीसँग हुँदै आएको सबै भेटघाट कार्यक्रम स्थगित गर्न निर्देशन गरे अनुसार अहिले भेटघाट कार्यक्रम बन्द गरिएको हो ।’ कोरोना संक्रमणका दर मत्थर भएपछि कैदीवन्दीसँग आफन्तहरुको भेटघाट जारी राख्ने पनि उनले बताए ।

जिल्ला कारागार कार्यालय रामेछापमा ज्यान मार्ने उद्योग, कर्तव्य ज्यान, बहुविवाह, जवरजस्ती करणी, डाँका चोरीलगायत विभिन्न मुद्धामा हाल ३ सय २ जना पुरुष र ९ जना महिला गरी ३ सय १२ जना कैदीवन्दीहरुले कैद जीवन विताइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७