आइसोलेसनबाट छोरी न्यासालाई ‘मिस’ गर्दै काजोल


१६ माघ २०७८, आईतवार
Kajol1643527939
Kajol

मुम्बइ । बलिउड अभिनेत्री काजोल देवगनले आइतबार इन्स्टाग्राममा एउटा फोटो पोस्ट गर्दै आफू कोरोना भाइरसको चपेटामा परेको जानकारी दिएकी छन् ।

kajol insta post

उनले आफू कोभिड-१९ पोजिटिभ भएको जानकारी दिँदा छोरी न्यासाको फोटो शेयर गरेकी छन् । मेहन्दी लगाएको हात क्यामेरामा देखाउँदै हाँसिरहेको न्यासाको फोटो शेयर गरेकी हुन् । उनले छोरीको फोटो शेयर गर्नुको कारण पनि क्याप्सनमा लेखेकी छन् । वास्तवमा काजोलले छोरी न्यासालाई आइसोलेसनमा बसेर सम्झिरहेकी छन् । न्यासा यति बेला घरभन्दा टाढा पढाइका लागि सिंगापुरमा छिन् । पिंकभिल्लाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७