बागमती किनारमा बनाइएका घर-टहराहरु हटाउन ‘अल्टिमेटम’


१६ माघ २०७८, आईतवार
bagmati 1

काठमाडौं । काठमाडौं गुह्येश्वरीदेखि थापाथली पुलसम्मको वागमती नदी किनारका दायाँ बायाँ बनेका अस्थायी र स्थायी संरचना सात दिनभित्र हटाउन अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सार्वजनिक सूचना जारी गरेको छ ।

समितिको आयोजना उपप्रमुख अमित रञ्जितले सूचना जारी गरी नदी किनारमा बनेका अस्थायी संरचना तीन दिनभित्र र स्थायी संरचना सात दिनभित्र हटाउन आग्रह गरेका छन् । यसअघि पनि यस्ता संरचना हटाउन पटक पटक सार्वजनिक सूचना जारी गरी जानकारी गराइएकामा त्यसको बेवास्ता भएकाले पुनःसूचना प्रकाशन गर्न बाध्य हुनुपरेको समितिले जनाएको छ ।

तोकिएको समयभित्र अनधिकृत संरचना नहटाएमा समितिले आफै भत्काउने र लागेको खर्च संरचना निर्माण गर्ने व्यक्ति एवं पक्षबाट सरकारी बाँकी सरह उठाइने पनि सूचनामा उल्लेख गरिएको छ । समितिले यसअघि गोकणर्बाट गुह्येश्वरीसम्मको नदी किनारमा बनेका करिब चार दर्जन स्थायी एवं अस्थायी संरचना पनि हटाएको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७