बालकुमारीको मूर्ति चोरीको सूचना दिनेलाई पाँच लाख पुरस्कार


१६ माघ २०७८, आईतवार
Balkumari Murti1642937490

काठमाडौं । ललितपुरको सुनाकोठीस्थित बालकुमारी माईको मूर्ति चोरीको सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिइने भएको छ । बालकुमारी भवानी गुठीले मूर्ति चोरीबारे सूचना दिने व्यक्तिलाई पाँच लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको हो । गएको शुक्रबार बसेको गुठी बैठकले उक्त सूचना दिने व्यक्तिलाई प्रोत्साहनस्वरूप पाँच लाख रुपैयाँ दिने निणर्य गरेको हो ।

मूर्ति खोजी कार्यमा महानगरीय प्रहरी परिसर ललितपुर र महानगरीय अपराध महाशाखाको टोली सक्रिय छ । ललितपुर प्रहरी प्रवक्ता सिद्धिविक्रम शाहले मूर्ति चोरीबारे अनुसन्धान जारी रहेको बताए । गुठीले मूर्तिबारे कुनै सूचना वा जानकारी दिन मोबाइल नम्बर ९८८१२१७७८६ मा सम्पर्क गर्न आग्रह गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७