रगतका लागि सेना र प्रहरीकै भर


१६ माघ २०७८, आईतवार
blood dontae emergency 12019 04 01

डोटी । डोटीमा बिरामीलाई रगतका लागि नेपाली सेना तथा नेपाल प्रहरीको भर पर्नु परेको छ । बिरामी रगतका लागि सेनाको ब्यारेक र जिल्ला प्रहरी कार्यालय धाउनुपर्ने बाध्यता छ ।

रक्तदानको चलन त्यति धेरै नहुँदा बिरामीका लागि रगत खोज्न धौ धौ पर्ने गरेको दिपायल सिलगढी नगरपालिका-४ पिपल्लाका सर्वजित देउवाले बताए । उनले भने, ‘कोही बिरामी परे सेना र प्रहरी खोज्नुपर्छ, स्थानीयले रगत दिनै मान्दैनन् ।’ अस्पतालमा बिरामीले रगतको व्यवस्था आफै गर्नुपर्ने हुन्छ ।

नेपाली सेनाका विभिन्न युनिट, सशस्त्र प्रहरीको ३६ नम्बर गण तथा नेपाल प्रहरीले बिरामीलाई सहजै रगत उपलब्ध गराउने गरेका कारण सहज भएको छ । ‘रगत आवश्यक परे सिधैँ प्रहरी र सेनालाई सम्पर्क गर्छौं’, शैलेश्वरी अस्पतालका निर्देशक आइजङ्ग कुँवरले भने ।

जिल्लामा रेडक्रस सोसाइटीले रगत सङ्कलन केन्द्र (ब्लड बैंक) सञ्चालनमा ल्याए पनि रगत अभाव भइरहन्छ । रगतका लागि सो केन्द्र भरपर्दो नभएको स्थानीयवासी बताउँछन्। रक्तदानका लागि रेडक्रसले जिल्लामा अभियान नै सञ्चालन गर्ने गरेको छ । सुत्केरीलाई सबैभन्दा बढी समस्या हुने गरेको जिल्ला अस्पतालका सूचना अधिकारी अमर भाटले बताए । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७