एनसीसी बैंकको साढे ७ लाख कित्ता संस्थापक सेयर बिक्रीमा


१६ माघ २०७८, आईतवार
1562483634NCC Bank 16032018015747

काठमाडौं, १६ माघ । एनसीसी बैंकले साढे ७ लाख कित्ता माथिको संस्थापक सेयर बेच्ने भएको छ । बैंकका ८ जना संस्थापक सेयरधनीले आफ्नो स्वामित्वमा रहेको ७ लाख ५९ हजार ३७२ कित्ता सेयर बिक्री गर्ने भएका हुन् । बैंकले दिएको जानकारीअनुसार संस्थापक सेयरधनी कोषराज वन्तले ३ लाख ८ हजार, बोधप्रसाद त्रिपाठीले १ लाख ८ हजार, मेनका लामाले १ लाख ४ हजार १०६, दिपक लामाले, ९५ हजार ७६७ र कैलाश प्रतिन्द्र अमात्यले ८७ हजार ३३५ कित्ता सेयर बिक्री गर्न लागेका हुन् ।

यसैगरि, अम्बरबहादुर तामाङले ४१ हजार ४३, गिरीराज शर्मा संग्रौलाले १४ हजार २१ र पवनसिंह भण्डारीले १ हजार गरी कुल ७ लाख ५९ हजार ३७२ कित्ता संस्थापक सेयर बिक्री गर्न लागेका हुन् । यसमा, एनसीसीकै संस्थापक सेयरधनीले मात्र आवेदन दिन सक्नेछन् । इच्छुक संस्थापकले ३५ दिनभित्र एनसीसी बैंकको बागबजारमा रहेको सेयर विभाग कार्यालयमा निवेदन दिन सक्नेछन् ।

यस अवधिमा कुनै पनि संस्थापकबाट आवेदन नपरेमा भने उक्त सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला गरिने बैंकले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७