प्रधानमन्त्रीले एमसीसी पास नगरे गठबन्धन तोड्छु भन्नु भएको छैन : नारायणकाजी श्रेष्ठ


१६ माघ २०७८, आईतवार
naryan kaji shrestha
Singha Durbar administrative court

काठमाडौँ : नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सत्ता गठबन्धनमा अमेरिकी सहयोगसम्बन्धी परियोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) एमसीसी पारित गर्ने सहमति नभएको बताएका छन् । एमसीसी सम्झौता पारित नभए गठबन्धन तोडिन्छ भनेर प्रधानमन्त्री शेरबहादुर देउवाले नभनेको उनको दाबी छ ।

शनिबार साँझ सत्तारुढ पाँच दलको बैठकमा प्रधानमन्त्री देउवाले एमसीसी पास नगरे गठबन्धन तोड्ने चेतावनी दिएको कुरा सत्य नभएको उनको जिकिर छ । ‘कुनै भ्रममा नपरौँ, प्रमले एमसिसीसँगको सम्झौता पारित नगरे गठबन्धन तोडिन्छ भनेर भन्नुभएको भन्ने सत्य होइन। आजको बिन्दुसम्म उहाँले त्यसो भन्नुभएको छैन’, उनले फेसबुकमा लेखेका छन् ।

गठबन्धनमा एमसिसी कम्प्याक्ट सम्झौता पारित गर्ने सहमति भयो भन्ने कुरा झूटो भएको बताउँदै माओवादी पनि यथास्थितिमा त्यसको पक्षमा नरहेको स्पष्ट गरेका छन् ।

नेता श्रेष्ठले लेखेका छन्, ‘गठबन्धनमा एमसिसि कम्प्याक्ट सँझौता पारित गर्ने सहमति भयो भन्ने कुरा पनि सत्य होइन।कमसेकम हाम्रो पार्टी यथास्थितिमा त्यसको पक्षमा छैन । हाम्रो पार्टी गठबन्धनको एकता कायम राख्न चाहान्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७