कोरोनाको संक्रमणको चक्र तोड्न चुनौती


१७ माघ २०७८, सोमबार
korona 1

काठमाडौं । कोरोना भाइरस संक्रमणका लक्षण देखिन्छ । रुघामार्गी लाग्छ । खोकीले सताउँछ । तर, धेरैव्यक्ति परीक्षण नगराई घरमै बस्ने प्रवृत्ति देखिएको छ । स्वास्थ्य केन्द्रमा गई परीक्षण नगर्दा संक्रमितको तथ्यांक यकिन छैन। जसकारण संक्रमणको चक्र तोड्न चुनौती थपिएको विज्ञ बताउँछन् ।

मापदण्डमा परेका सरकारी अस्पताल तथा प्रयोगशालामा निःशुल्क पीसीआर परीक्षण हुन्छ । तर, समुदायमा कोरोना फैलिइरहेको अनुपातमा परीक्षण भएको छैन । संक्रमण भए पनि परीक्षण नगराउने प्रवृत्तिले समुदायमा फैलने क्रम बढिरहेको स्वास्थ्य सेवा विभागअन्तर्गत व्यवस्थापन महाशाखा निर्देशक डा. रुद्रप्रसाद मरासिनीले बताए ।

‘जुन दरमा संक्रमण फैलिरहेको छ त्यो दरमा परीक्षण भएको छैन । जसकारण समुदायमा कोरोना फैलिरहेको छ’, निर्देशक डा. मरासिनीले भने, ‘संक्रमण भए पनि परीक्षण गर्न गइरहेको अवस्था छैन । नजिकका स्वास्थ्य संस्थामा गई परीक्षण गर्न अनुरोध गर्दछु ।’ दुई साताको संक्रमणदर उच्च रहेकाले सतर्क हुनुपर्ने स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले बताइन् । ‘अझै संक्रमणदर ४० प्रतिशतभन्दा बढी छ । संक्रमणको जोखिम कायमै छ’, प्रवक्ता मिश्रले भनिन् ।

पछिल्लो २४ घण्टामा एन्टिजेन र पीसीआर विधिबाट १३ हजार १ सय ५४ जनाले परीक्षण गराएका छन् । जसमध्ये ३ हजार ५ सय ४० जनालाई कोरोना लागेको पुष्टि भएको छ । माघ १३ गतेदेखि चार दिनमा संक्रमणबाट ३२ जनाले ज्यान गुमाएको डा. मिश्रले बताइन् । अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७