‘पपुलर’ हुन गरेको ट्वीटले रविन्द्र मिश्रलाई पिरलो, डिलिट गर्दै मागे माफी


१७ माघ २०७८, सोमबार
rabindra mishra

काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले चर्चा कमाउन गरेको एउटा ट्वीट डिलिट गर्दै माफी मागेका छन् ।
‘बलात्कारीलाई फाँसी दे’ नारा लगाइएको भिडियो उनले आफ्नो ट्वीटरमा राखेका थिए । तर पछि आफ्नो पार्टी मृत्युदण्डको पक्षमा छैन भन्दै उनले उक्त भिडियो ट्वीटरबाट हटाएका हुन् । त्यसका लागि उनले क्षमा पनि मागेका छन् ।

‘विवेकशील साझा पार्टी मृत्युदण्डको पक्षमा छैन । केही दिनअघि मेरो ट्वीटरबाट ‘फाँसी दे…’ नारालाई अनुमोदन गरे जसरी हुन गएको ट्वीटका लागि क्षमाप्रार्थी छु’, अध्यक्ष मिश्रले आइतबार ट्वीटरमै लेखेका छन्, ‘पार्टीका सबै तहका साथीहरूलाई यसबारेमा सचेत रहन पनि आग्रह गर्दछु । सो ट्वीट मैले डिलिट गरेको पनि जानकारी गराउँदछु ।’

यसमा डा. रामेश कोइराला ‘रामेश’ ले टिप्पणी गरेका छन्, ‘ठीक गर्नुभो । पपुलिस्ट हुने लोभमा अब कुनै दिन फेरि भैरव अर्यालको नेता नं १०१ वा हम्बुराबीका जस्ता नारा नल्याउनु होला ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७