जिल्ला प्रशासन कार्यालय दैलेख पाँच दिनका लागि बन्द


१७ माघ २०७८, सोमबार
905x525 IMG 20201106 120612 AHfezpkNfr

दैलेख । कर्मचारीलाई कोरोना सङ्क्रमण पुष्टि भएपछि जिल्ला प्रशासन कार्यालय दैलेख पाँच दिनका लागि बन्द भएको छ ।
प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले आइतवार सूचना निकालेर आज (सोमबार) देखि आगामी शुक्रबारसम्म कार्यालय बन्द रहने जानकारी दिएका हुन् ।

सेवाग्राहीको स्वास्थ्य सुरक्षालाई ध्यान राख्दै माघ १७ देखि २१ गतेसम्म नियमित सेवाहरू रोकिने सूचनामा उल्लेख छ । विपद् व्यवस्थापन, शान्ति-सुरक्षा र मुद्दाका काम भने नरोकिने प्रजिअ प्याकुरेलले जानकारी दिए । कार्यालयका २१ कर्मचारीमध्ये चार जनालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७