हजार पाउन्ड तौल भएकी स्लेटन सातामा पिउँछिन् आठ बोतल रक्सी


१७ माघ २०७८, सोमबार
Fat1643562888

काठमाडौं । अमेरिकाको दि लर्निङ च्यानल (टीएलसी) टेलिभिजनका स्टारको रूपमा चिनिने एक हजार पाउन्ड शारीरिक वजनकी ट्यामी स्लेटनका केही खराब बानीका कारण उनका डाक्टर चिन्तित भएका छन् ।

घरमा स्लेटन के गर्दैछिन् भनेर समय समयमा पुग्ने गरेका डाक्टर एरिक स्मिथ उनको सधैँ खानेकुरा मात्र टन्न खाने, केही व्यायाम नगर्ने र अत्यधिक मात्रामा मदिरा सेवन गर्ने बानी देखेर दिक्क मान्ने गरेका छन् । एरिकले स्लेटनले जानीजानी आफ्नो ज्यानलाई निकै खतरातर्फ धकेलिरहेको बताएका छन् ।

३५ वर्षीया स्लेटनले आफूले मानसिक स्वास्थ र डिप्रेसनसङ जुझिरहेको बताएकी छन् । उनले आफ्नो मदिरा पिउने र धुमपान गर्ने लत बढ्दै गइरहेको बताउँछिन् । उनी मुसुक्क हाँस्दै एक सातामा आफूले आठवटा फुल बोतल रक्सी पिउने गरेको बताएकी छन् । उनी प्रायः आफ्ना साथीहरूसँग पार्टी मनाउन मन पराउँछिन् । याहुबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७