एमसीसी आलटाल नगरी पारित गरौं, गठबन्धन नटुटोस् : बाबुराम भट्टराई


१७ माघ २०७८, सोमबार

काठमाडौं । सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले अमेरिकी सहायता परियोजना (एमसीसी) सम्झौता आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गर्न आग्रह गरेका छन् । अन्यथा प्रतिगमनविरुद्ध एकताबद्ध पाँच दलीय गठबन्धन नै टुट्ने चेतावनी पनि दिएका छन् ।

एमसीसी पारित नभए देश थप कंगाल हुने दाबी गर्दै पूर्व प्रधानमन्त्री समेत रहेका भट्टराईले शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् भनेर सचेत पनि गराएका छन् ।

‘एमसीसी सम्झौतालाई आलटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं । सबै एकमुख भएर जनतालाई बुझाऊँ’, डा. भट्टराईले आइतबार राति सामाजिक सञ्जालमार्फत चेतावनी दिएका छन्, ‘यही बहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् । यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिस्ट’ का लागि घाँटीको हाड नबनोस् । देश थप कंगाल बनेर जनसंख्या अरू नघटोस् । शक्ति केन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस् ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७