इङल्याण्डविरुद्धको टी-२० सिरिज वेस्ट इण्डिजको कब्जा


१७ माघ २०७८, सोमबार
west indies england Tr796UrqVd

काठमाडौं । इङल्याण्डविरुद्धको टी-२० सिरिजमा वेस्ट इण्डिजले जित हात पारेको छ । आइतबारको अन्तिम तथा पाँचौं टी-२० मा इङल्याण्डलाई १७ रनले हराउँदै वेस्ट इण्डिजले सिरिजमा कब्जा जमाएको हो ।

वेस्ट इण्डिजका जेसन होल्डरले अन्तिम चार बलमा लगतार चार विकेट लिए । म्यान अफ द म्याच बनेका उनले समग्रमा २७ रन दिएर ५ विकेट लिए । पहिला ब्याटिङ गरेको वेस्ट इण्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १७९ रन बनाएको थियो ।

१८० रनको विजयी लक्ष्यका साथ मैदानमा उत्रिएको इङल्याण्डले १९ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १६२ रन मात्र बनाउन सक्यो । इङल्याण्डका जेम्स भिन्सले ५५ तथा साम बिलिङ्सले ४१ रन बनाए पनि त्यो जितका लागि पर्याप्त रहन सकेन । वेस्ट इण्डिजका लागि होल्डरले ५ तथा एकेल होसेइनले ४ विकेट लिए । यससँगै वेस्ट इण्डिजले ३-२ ले सिरिज आफ्नो नाममा पारेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७