आफ्नो सीमाबाट सैनिक फिर्ता लैजान रुसलाई युक्रेनको आग्रह


१७ माघ २०७८, सोमबार
Ukrine russia millitry 67D3uYG3HK

काठमाडौं । युक्रेनले रुसलाई आफ्नो सीमा क्षेत्रमा परिचालन गरिएका सैनिक फिर्ता लैजान आग्रह गरेको छ । रुसको सेना युक्रेनको सीमामा परिचालन गरिएपछि उसले युक्रेनमाथि आक्रमण गर्न सक्ने आशंका अमेरिकालगायत पश्चिमा मुलुकले गरेका छन् ।

अल जाजिराका अनुसार यस्तोमा युक्रेनले रुसलाई आफ्नो सेना फिर्ता लैजाँदै निरन्तर वार्ताको माध्यमबाट अहिलेको समस्या समाधानको लागि आग्रह गरेको हो । युक्रेनका विदेशमन्त्री डीमिट्रो कुलेबाले सामाजिक सञ्जाल ट्वीटरमार्फत रुसलाई यस्तो आग्रह गरेका हुन् ।
उनले भनेका छन्, ‘यदि रुसका अधिकारीहरु साँच्चीकै गम्भीर छन् र उनीहरुले नयाँ युद्ध चाहँदैनन् भने रुस निरन्तर कूटनीतिक सम्पर्कमा रहनु पर्छ र आफ्ना सेना युक्रेनको सीमा तथा अस्थायीरुपमा कब्जा जमाएको युक्रेनको भूमिबाट फिर्ता लैजानु पर्छ । कूटनीति एक मात्र जिम्मेवारपूर्ण मार्ग हो ।’

यसैबीच क्यानडाले युक्रेनबाट आफ्ना आवश्यक काम बाहेकका कर्मचारीलाई फिर्ता ल्याउने भएको छ । क्यानडाका विदेशमन्त्रालयले आफूहरुले अहिले युक्रेनको अवस्थालाई नियालिरहेको र युक्रेनमा रहेका मानिसहरुको सुरक्षा प्रमुख प्राथमिकतामा रहेको बताएको छ । यद्यपि युक्रेनमा रहेको आफ्नो दूतावास भने खुला रहने मन्त्रालयले उल्लेख गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७